गौरा पर्वमा भिडभाड गर्न नपाइने

३ बर्ष अघि

२0७८ श्रावण २९ शुक्रबार

गौरा पर्वमा भिडभाड गर्न नपाइने

दार्चुला । दार्चुलामा गौरा पर्वको अवसरमा हुने मानिसहरुको भिडभाडमा रोक लगाइएको छ । शुक्रबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सुदुरपश्चिमेलीहरुको महान पर्व गौरामा हुने मानिसहरुको भिडभाडलाई मध्यनजर गर्दै सामाजिक दुरीको अनिवार्य रुपमा पालना गर्ने गराउने निर्णय गरेको छ । गौरा पर्व मनाउदा सामाजिक दुरी लगायत स्वास्थ्य सम्बन्धि सबै मापदण्डहरुको पालना गरी मनाउने तथा अनावश्यक भिडभाड जन्य कार्यहरुमा रोक लगाइएको बताइएको छ ।  कोरोना भाइरसबाट आम नागरिकलाई सुरक्षा प्रदान गर्न जिल्ला स्थित सबै स्थानिय तहहरुले निर्माण गरेका होल्डिङ सेन्टर, क्वारेन्टनइन र आइसोलेशनलाई व्यवस्थित गर्ने र होल्डिङ सेन्टर, क्वारेन्टनइन र आइसोलेशन निर्माण नगरेको भए तत्काल निर्माण गर्नका लागी पहल गर्ने, नागरिकहरुलाई स्वास्थ्य सम्बन्धि सुरक्षा मापदण्डहरुको कडाईका साथ पालना गराउन स्थानिय प्रशासनले पहल गर्ने र सो को उल्लघंन गर्ने लाई कानुन बमोजिक कारबाही गर्ने निर्णय गरिएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाका संयोजक एव दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताउनु भयो ।  संयोजक जोशीका अनुसार स्वास्थ्य संस्था र अस्पतालले अक्सीजन सिलिण्डर, बिरामी शैय्याको व्यवस्था, भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन गर्ने, उक्त सामाग्रीहरुको व्यवस्थापनका लागी स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारलाई तत्काल अनुरोध गर्ने,निर्णय भएको जानकारी दिनु भएको छ । स्वास्थ्यका मापदण्डहरु मास्क, सामाजिक दुरी, सरसफाई, सेनेटाईजर को पालनामा ध्यान दिन प्रचार–प्रसारका लागी जिल्ला स्थित सबै सञ्चार माध्यमलाई अनुरोध गर्ने निर्णय गरिएको बताइएको छ ।  हेनुहाेस निर्णय सहित