नेपालमा थप ३ हजार ९ सय १५ कोरोना संक्रमण पुष्टि, थप २७ को मृत्यु

३ बर्ष अघि

२0७८ श्रावण २९ शुक्रबार

नेपालमा थप ३ हजार ९ सय १५ कोरोना संक्रमण पुष्टि, थप २७ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ७०८ जनाको पीसीआर परीक्षणमा २ हजार ७६३ र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ११८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।