कोभिसिल्डको दोस्रो डोज भाद्र १ गते देखि लगाइने

३ बर्ष अघि

२0७८ श्रावण २९ शुक्रबार

कोभिसिल्डको दोस्रो डोज भाद्र १ गते देखि लगाइने

दार्चुला । दार्चुलामा कोभिसिल्डको दोस्रो डोज अगामी भाद्र १ गते बाट लगाइने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ९२ वटा खोप केन्द्रहरुबाट कोभिसिल्डको दोस्रो डोज लगाउने तयारी भएको जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र राज भट्टका अनुसार जिल्लाका झण्डै १४ हजार  ५ सय जना ५५ वर्षमाथिका सबै व्यक्तिलाई कोभिसिल्डको दोस्रो डोज लगाउने तयारी भएको बताउनु भयो । यसका लागि सुदुरपश्चिम प्रदेश सरकारले जिल्लामा १५ हजार कोभिसिल्डको खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा अगामी भाद्र १ गते देखि ३ गते सम्म खोप कार्यक्रमम संञ्चालन हुने बताइएको छ । कोभिसिल्डको पहिलो मात्र कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा काम गर्ने र ज्येष्ठ नागरिकहरुलाई लगाइएको थियो। अहिले कोरोना भाइरस विरुद्वको खोप जिल्लामा विभिन्न स्वास्थ्य केन्द्रहरुमार्फत सर्वसाधारणलाई लगाउने काम भइरहेको छ। जिल्लामा गत वर्षको माघ १४ गतेबाट ९ स्थानीय तह रहेको दार्चुलामा खोप अभियान सुरु भएको थियो।  पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायत कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा काम गर्नेहरुलाई कोभिसिल्ड खोप दिइएको थियो। हालसम्म दार्चुलामा ३६ हजार सात सय ७९ जनाले विभिन्न खोपको पहिलो मात्रा खोप लगाउन पाएका छन । हालसम्म दार्चुलामा भेरोसिल खोपको पहिलो मात्रा १४ हजार पाच सय २५ जनाले लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलामा कोभिसिल्डको पहिलो मात्रा १७ हजार ३सय १५ जनाले लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भएको छ । उनका अनुसार कोभिसिल्डको दोस्रो डोज २ हजार ६ सय ७९ जनाले लगाएका छन्। भेरोसिलको दोस्रो मात्रा २ हजार ३ सय ५१ जनाले लगाएका छन्। जिल्लामा जोन्सन एण्ड जोन्सन खोप लगाउनेको संख्या ४ हजार ९सय ३९ जना रहेको बताइएको छ । जिल्लामा हाल सम्म जम्मा ३० प्रतिशतले मात्रै कोरोना खोप पाएका छन ।