दार्चुला तुईन प्रकरण ः एसएसबीले तुइन फुकालेकै कारण जयसिंह महाकालीमा बेपत्ता भएको दाबी हेनुहोस प्रतिवेदन सहित

३ बर्ष अघि

२0७८ श्रावण २८ बिहीबार

दार्चुला तुईन प्रकरण ः एसएसबीले तुइन फुकालेकै कारण जयसिंह महाकालीमा बेपत्ता भएको दाबी हेनुहोस  प्रतिवेदन सहित

दार्चुला ।  भारतीय सीमा सुरक्षा बल एसएसबी का सुरक्षाकर्मीले तुइन फुकालिदिएपछि दार्चुलाका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेको जनअधिकार अभियान नेपालको दाबी  छ।  साउन १५ गते व्याँस गाउँपालिका वडा नम्बर –२ का धामी महाकालीमा बेपत्ता भएको घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा अभियानले प्रतिवेदन सार्वजनिक गरेको छ। बुधबार अभियानले काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताएको छ। एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण समेत गराएको छ। साउन २० देखि २४ गतेसम्म स्थलगत भ्रमण गरेको अभियानले  नेपाल सरकारको तर्फबाट आधिकारिक र औपचारिक प्रतिवेदन तत्काल तयार पार्न आग्रह गरेको छ। हेनुहोस प्रतिबेदन सहित