नौगाड गाउँपालिका वडा नम्बर ३ पूर्ण जेड स्कोर मापन घोषित

३ बर्ष अघि

२0७८ श्रावण २८ बिहीबार

नौगाड गाउँपालिका वडा नम्बर ३ पूर्ण जेड स्कोर मापन घोषित

दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ३ मा रहेका पाँच वर्षमुनिका सबै बालबालिकाको जेड स्कोर मापन कार्य सम्पन्न भएको छ । खार स्वास्थ्य चौकी अन्तरगत रहेका जन्मेदेखि ५९ महिनामुनिका सबै बालबालिकाहरुको जेड स्कोर अर्थात उचाई अनुसार तौल मापन कार्य सम्पन्न भएको गरिएको खार स्वास्थ्य चौकी प्रमुख गोबिन्द सिंह ठगुन्नाले बताउनु भयो । उहाँका अनुसार वडा नम्बर ३ स्थित खार स्वास्थ्य चौकी अन्तरगत रहेको २ सय २२ जना बालबालिकाहरुको जेड स्कोर मापन सम्पन्न भएको हो । पाँच वर्षमुनिका जम्मा बालबालिकामध्ये १७ जना बालबालिका कडा शिघ्र कुपोषित, २६ जना मध्यम शिघ्र कुपोषण र १ सय ७९ जना बालबाािलका सामान्य रहेका छन् । कुल बालिकाहरुको जेड स्कोर मापन  असार अन्तिमदेखि सुरु गरिएको जेड स्कोर मापन अभियान अन्तरगत वडा नम्बर ३ का सबै बालबालिकाहरुको जेड स्कोर मापन गर्ने कार्य सम्पन्न भएपछि वडास्तरीय पूर्ण जेड स्कोर मापन घोषणा कार्यक्रम गरिएको हो । स्वास्थ्य चौकी क्षेत्रभित्रका सबै बालबालिकाहरुकोे जेड स्कोर मापन कार्य सम्पन्न भएसंगै आज एक औपचारिक कार्यक्रमकाबीच जेड स्कोर मापन घोषणा कार्यक्रम गरिएको स्वास्थ्य चौकी प्रमुख ठगुन्नाले बताउनु भयो । स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष बहादुर सिंह बोहराको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समिति पदाधिकारी, स्वास्थ्यसकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायतको सहभागितामा कार्यक्रम गरिएको हो ।