भारतमा थप ४३ हजार संक्रमित, ५१९ संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७८ श्रावण २८ बिहीबार

भारतमा थप ४३ हजार संक्रमित, ५१९ संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा थप ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार ६४१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २० लाख ७६ हजार ९७४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ६६३ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ५१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २९ हजार ७०२ पुगेको छ ।