नेपालमा थप ३,हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि,थप ३० जनाको मृत्यु

३ बर्ष अघि

२0७८ श्रावण २७ बुधबार

नेपालमा थप ३,हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि,थप ३० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ७ पीसीआर परीक्षणमा २ हजार ,६ सय १६ र ५ हजार ,७ सय ४९ एन्टिजेन परीक्षणमा ८ सय ६५ जना गरी ३, हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ  भने १ हजार ८ सय ८५ जना निको भएका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २ सय ९६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १ सय ८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार ८ सय१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २ सय २० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १ सय ८४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।