भारतमा थप ३६ हजार संक्रमित, ४ सय ६८ संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७८ श्रावण २७ बुधबार

भारतमा थप ३६ हजार संक्रमित, ४ सय ६८ संक्रमितको मृत्यु

काठमाडौँ ।  भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३१६ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २० लाख ३३ हजार ३३३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९३ हजार ५२६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४६८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २९ हजार १८३ पुगेको छ ।