३६ हजार बढीले पाए कोरोना विरुद्धको खोप

३ बर्ष अघि

२0७८ श्रावण २७ बुधबार

३६ हजार बढीले पाए कोरोना विरुद्धको खोप

दार्चुला । दार्चुलाका ३६ हजार बढी नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार ३६ हजार ७ सय ७९ जना नागरिकले कोरोना भाइरस विरुद्धको विभिन्न खोपको पहिलो मात्रा लगाएका हुन्। गत वर्षको माघ १४ गतेबाट दार्चुलाका ९ ओटै स्थानीय तहमा खोप लगाउन सुरु गरिएको थियो। हालसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाउने १४ हजार ५ सय २५ जना र कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउने १७ हजार ३१५ जना रहेका छन्। भेरोसिलको दोस्रो मात्रा २ हजार ३ सय ५१, कोभिसिल्डको दोस्रो मात्रा २ हजार ६ सय ७९ र जोन्सन एण्ड जोन्सन खोप ४ हजार ९ सय ३९ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। दार्चुलामा हालसम्म ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् । प्रदेशबाट प्राप्त खोपलाई सबै स्थानीय तहमा वितरण गरेर लगाउने काम भइरहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।