बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

३ बर्ष अघि

२0७८ श्रावण २६ मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ८९ हजार रुपैयाँ मूल्य भएको छापावाल सुन आज २ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमबार चाँदीको मूल्य १२ सय १५ रुपैयाँ रहेकोमा आज मूल्य गिरावट आइ १२ सय ५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।