दार्चुलामा एक वर्षको अवधिमा १ सय २८ वटा उजुरी दर्ता

३ बर्ष अघि

२0७८ श्रावण २६ मंगलवार

दार्चुलामा एक वर्षको अवधिमा १ सय २८ वटा उजुरी दर्ता

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा एक वर्षको अवधिमा १ सय २८ वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षको साउन देखि असार मसान्त सम्म विभिन्न घटनामा १ सय २८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस अवधिमा सबैभन्दा बढि भबितव्य ज्यान अन्तरर्गतका ३४ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्द्रले जानकारी दिनुभयो ।  सूचना अधिकारी चन्दका अनुसार कर्तब्य ज्यान अन्तरर्गत ८ वटा, ज्यान मार्ने उद्योगतर्फ, १ वटा ,झुण्डिएर आत्महत्या १६ वटा, नदीमा हामफाली ३ वटा , विष सेवन गरी २ वटा, उजुरी दर्ता भएका छन । यस्तै भबितव्य ज्यान अन्तरर्गत ३४ वटा, फुट्कर ज्यान ४ वटा, सवारी दुर्घटनाका ६ वटा , जबरजस्ती करणीका ५ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, तथा बहुविबाहका २ वटा उजुरी मुद्धा दर्ता भएको सूचना अधिकारी चन्दले जानकारी दिनु भएको छ । यस्तै प्रहरी कार्यालयमा गत वर्षमा चोरीका ७ वटा राज्यदो्रह १ वटा हातहतियार खरखजाना सम्बधि १ वटा कुटपिट अंगभग १ वटा लागु पदार्थ औषधि अन्तरर्गत ७ वटा गरी गत आर्थिक वर्षमा १ सय २८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यि मध्ये हाल सम्म ६३ वटा मुद्धाहरुको फछ्र्यौट भएको छ भने अझै ६५ वटा मुद्धाहरु फछ्र्यौट हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।