दार्चुलामा स्क्रब टाइफसको बिरामी बढ्दै सर्तक रहन डाक्टरको आग्रह

३ बर्ष अघि

२0७८ श्रावण २४ आईतवार

दार्चुलामा स्क्रब टाइफसको बिरामी बढ्दै सर्तक रहन डाक्टरको आग्रह

दार्चुला । पछिल्लो समय दार्चुला जिल्लामा स्क्रब टाइफसका बिरामीको संख्या बढदै गइरहेको छ । जिल्ला अस्पताल दार्चुलका अनुसार  साउन १३ गते देखि २४ गते सम्म ८ जना  महिला तथा ४ जना पुरुष गरी १२ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर पुजा बमले जानकारी दिनुभयो । दार्चुलाको महाकाली नगरपालिकाका ७ जना , व्याँस गाउँपालिकाका ४ जना र मालिकार्जुन गाउँपालिकाका १ जना रहेको डाक्टर बमले बताउनु भयो । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ । साउन १३ गते देखि हालसम्म जिल्लामा देखिएकाहरु स्क्राब टाइफसका ११ जना बिरामीलाई घर पठाइएका र १ जना अस्पतालमा रहेको छ । डाक्टर बमका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन । महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रब टाइफसको जोखिममा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, हाडजोर्नि दुख्ने, खाना मन नलाग्ने, थकान लाग्ने, लक्ष्यण देखा पर्ने डाक्टर बमले बताउनु भयो ।