तिंकरमा सशस्त्र विओपी भवन निर्माण कार्य सम्पन्न ।

३ बर्ष अघि

२0७८ श्रावण २४ आईतवार

तिंकरमा सशस्त्र विओपी भवन निर्माण कार्य सम्पन्न ।

दार्चुला ।  दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी निर्माण कार्य सम्पन्न भएको छ । चीनको ताक्लाकोटसंग जोडिएको तिंकरमा स्थापना गरिएको यो पहिलो बीओपी हो । दार्चुलाको अन्तिम प्र्रहरी चौकी नजिकै निर्माण गरिएको सशस्त्रको यो बीओपी तिब्बत भएर हुने चोरी,तस्करी,शिकार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिबिधिलाई निगरानी तथा नियन्त्रण गर्न निर्माण गरिएको हो । अव केही समय भित्रै यहाँ सशस्त्र प्रहरी तैनाथ हुनेछ ।

चीनको ताक्लोकाट नजिकै रहेको तिंकरको छयालेकमा सशस्त्र प्रहरीले बीओपी निर्माणको ठेक्का पाएको धुलिखेल प्याराडाईज एलवी जेभीले प्रतिकुल मौसम र बिभिन्न कठिनाईका बाबजुद पनि निर्माण कार्य पुरा गरेको हो ।पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाईज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो । ६ महिनाभित्र निर्माण कार्य पुरा गर्ने सम्झौता भएपनि सो अबधिभरी हिउले ढाकिएका कारण निर्माण कार्य अघि बढाउन सकिएको थिएन,स्थिति अझै सहज नभएपनि निर्माणका कार्य पुरा गरेका छौ, धुलिखेल प्याराडाईज एलवी जेभीका सञ्चालक लाल बहादुर बमले भने, सम्झौतामा मान्छेद्धारा निर्माण सामग्री ढुवानीका लागि बजेट राखिएको थियो ।

सडक मार्गसंग नजोडिएको तिंकरमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न संभव भएन । त्यही कारण हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरेर भएपनि जिम्मेवारी पुरा गर्यौ ।धुलिखेल प्याराडाईज एलवी जेभीले निर्माण कार्य पुरा गरेपनि सशस्त्र प्रहरीले उक्त भवनको रकम फ्रिज गरेको छ । जसका कारण धुलिखेल प्याराडाईज एलवी जेभीले रकम पाउन सकेको छैन ।

धुलिखेल प्याराडाईज एलवी जेभीले ८७ लाख रुपैयाको ठेक्कामा प्रिफ्याव दुई वटा भवन, र त्यसभित्र दुई वटा बाथरुम, एउटा किचेन र बाहिर दुई।बाथरुम निर्माण गरेको छ । यद्दपि हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गर्दा निर्माणको लागत ठेक्कामा कबोल गरेको रकमभन्दा बढि हुन पुगेको बमले बताए ।