नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना पुष्टि, थप १९ को मृत्यु

३ बर्ष अघि

२0७८ श्रावण २३ शनिबार

नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना पुष्टि, थप १९ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ८६ जनाको पीसीआर परीक्षणमा २ हजार २ सय ३१ र ४ हजार ७ सय ७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.६ प्रतिशत रहेको छ । त्यस्तै हालसम्म नेपालमा २३ लाख ५९ हजार ७ सय ९३ जनाले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।