जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठक

३ बर्ष अघि

२0७८ श्रावण २३ शनिबार

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठक

ईन्द्रा भट्ट, २३ साउन दार्चुला । शनिबार दार्चुलामा निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सोना भट्टको अध्यक्ष्यतामा  जिल्ला कोभिड–१९ ब्यवस्थापन समितिको बैठक बसेको छ । समितिका पदाधिकारीहरुको उपस्थितिमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले मिति २०७८ साउन २३ गतेदेखि  २९ गतेसम्म ‘माहामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्दता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुल नाराका साथ देशैभर मास्क अभियान थालेपछि दार्चुलामा पनि उक्त अभियानलाई सफल बनाउने निर्णय बैठकले गरेको छ ।