माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक

३ बर्ष अघि

२0७८ श्रावण २३ शनिबार

माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक

२३ साउन ।  शनिबार दिउँसाे माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।  कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

 नतिजा बोर्डको वेबसाइट  www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । यस्तै एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ । तल सूचनामा उल्लेख भएअनुसार वेबसाइट तथा एसएमएसमार्फत नतिजा हेर्न सकिने बाेर्डले जनाएकाे छ ।