नेपाल मास्क अभियान शुरु, जिल्ला भरी माक्स अभियान थालिने

३ बर्ष अघि

२0७८ श्रावण २३ शनिबार

नेपाल मास्क अभियान शुरु, जिल्ला भरी माक्स अभियान थालिने

फाेटाे: माेहन महरा, स्वास्थ्य शाखा प्रमुख,महाकाली नगरपालिका


 

 २३ साउन दार्चुला । शनीबार देशभर एकैसाथ ‘नेपाल मास्क अभियान’ सुरुवात गरिएको छ । कोरोना भाईरसको महामारीबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु आजको आवस्यकता’ भन्ने नाराका साथ साताव्यापी अभियान थालेको छ । यसैबिच जिल्ला कोभिड–१९ व्यावस्थापन समितिको बैठकले २०७८ साउन २३ गतेदेखि २९ गतेसम्म साताव्यापी रुपमा मास्क अभियान सञ्चालन गर्ने निर्ण गरेको छ । यसका लागि जिल्ला स्थित सबै स्थानीय निकाय लगायत जिल्लाका सबै स्थानीय तहहरुमा मास्क अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । 
त्यस्तै स्थानीय तहहरुले स्वास्थ्य स्वयंम् सेविकाहरु मार्फत गाउँटोल सम्म मास्कको फाइदाका बारेमा जनचेतना फैलाउने, कोरोना भाईरसको तेस्रो लहर बालबालिका केन्द्रीत हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाईलाई उद्धृत गर्दै संस्थागत तथा सामुदायिक विद्यालयहरुमा भौतिक उपस्थिति नगर्ने र स्वास्थ्यका मापदण्डहरुको पालना गर्ने निर्णय बैठकले गरेको छ । 
यसैविच दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा महाकाली नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय तथा विभिन्न संघसंस्थाहरुले मास्क अभियानलाई कडाईका साथ सञ्चालन गरिने छ । मास्क अभियान महाकाली नगरपालिकाले पनि सुरु गरेको छ । महाकाली नगरपालिका भित्र रहेका स्वास्थ्य स्वयम् सेविका, विभिन्न शाखाका कर्मचारी तथा सरोकारवालाहरुको सहभागितामा महाकाली नगरपालिकाको हलमा मस्क अभियानको शुभारम्ब गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहनसिह महराले जानकारी दिनुभयो ।