दार्चुलाका ५ वटा स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री वितरण

३ बर्ष अघि

२0७८ श्रावण २२ शुक्रबार

दार्चुलाका ५ वटा स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री वितरण

दार्चुला । दार्चुला जिल्लाका ५ वटा स्थानीय तहहरुलाई अक्सफाम दार्चुलाले स्वास्थ्य सामाग्री वितरण गरेको छ  । अक्सफामको आर्थिक सहयोग र सहकार्यमा सामुदायिक ग्रामिण विकास समाज नेपालले जिल्लाका पाच स्थानिय तह संगै जिल्ला अस्पताल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले कोरोनाको तेस्रो लहर आउनु पुर्व संक्रमण रोकथामका लागी स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । कोभिड–१९ को अवस्थामा आपतकालिन स्वास्थ्य सामाग्री वितरण गरेको सिआरडिएस नेपाल दार्चुलाका टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो । अक्सफामको आर्थिक सहयोगमा संस्थाले खरिद गरेको १४ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री कार्यक्रम लागु भएका जिल्लाका स्थानिय तह ब्याँस, दुहुँ, मालिकार्जुन, लेकम गाउँपालिका र महाकाली नगरपालिका तथा जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको ४४ नम्बर गणलाई आज एक कार्यक्रमका बिच वितरण गरिएको उहाले बताउनुभयो । कार्यक्रममा उपस्थित सम्बन्धित स्थानिय तह र अन्य कार्यालयका प्रतिनिधिलाई उक्त सामाग्री हस्तान्त्रण गरिएको हो । संस्थाले पल्स अक्सीमिटर, डिजिटल थर्मामिटर, सर्जिकल मास्क, सर्जिकल पञ्जा, सेनिटाइजर, ह्याण्ड सेनिटाइजर, गाउन, कम्मल, सिरानी, ब्याडसिट र आइसोलेशन किट उपलब्ध गराएको छ ।