तुईन प्रकरण: पीडित परिवारको अवस्था बुझ्न छानबिन टोली राप्लामा

३ बर्ष अघि

२0७८ श्रावण २२ शुक्रबार

तुईन प्रकरण:  पीडित परिवारको अवस्था बुझ्न छानबिन टोली राप्लामा

कृष्ण धामी, २२ साउन दार्चुला । साउन १५ गते तुईन घटनामा मृत्यु भएका राप्लाका जयसिह धामीको परिवारको अवस्था बुझ्न गृह मन्त्रालयको छानविन टोली शुक्रबार जयसिह धामीको घरमा पुगेको छ । नेपाली सेनाको हेलीकोप्टरबाट राप्ला गएको छानविन समिति संयोजक जनार्जन गौतमको टोलीले पीडित परिवारको अवस्थाको बारेमा जानकारी लिएको छ । विहिबार भारत तर्फको घटनास्थलको अनुगमन गरेको टोलीले शुक्रबार राप्ला स्थित मलघट्टेमा रहेको (तुईन) घटनास्थलको अनुगमन गरेको स्थानीयले बताएका छन् । मृतक जयसिहको पाँच बर्षका छोरा र डेढ बर्षकी छोरी, श्रीमती र बुढा बा आमा छन् । घटना भएको सात दिन वितिसक्दा सम्म अझै पनि परिवारले आफुलाई सम्हाल्न सकेका छैनन् ।