दार्चुला तुईन प्रकरण :छानबीन समितिको टोली स्थलगत अध्ययन पछि दार्चुला पुग्यो

३ बर्ष अघि

२0७८ श्रावण २१ बिहीबार

दार्चुला तुईन प्रकरण :छानबीन समितिको टोली स्थलगत अध्ययन पछि दार्चुला पुग्यो

दार्चुला । जयसिह धामी वेपत्ता भएको घट्नाको छानबीन गर्न भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छानबीन समितिको टोली  घट्नाको छानबीन  पछि दार्चुला पुगेको छ ।  मन्त्रालयका सह सचिव एवं छानबीन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली केहीबेर अगाडि जिल्ला सदरमुकाम दार्चुला पुगेको साहयक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट जोशीले बताउनु भयो ।

बिहीबार आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको टोली जिल्ला पुगेको उहाँले बताउनु भयो । जयसिह धामी वेपत्ता प्रकरणमा सुक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउने बताउनु भएका गौतम घट्नास्थल पुगेर त्यहाँको वस्तुस्थित ल्याएर फर्किएको साहयक प्रजिअ जोशीले जानकारी दिनु भएको छ । समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिएको बताइएको छ । 

टोलीमा छानविन समितीका संयोजक सह सचिव जनार्दन गौतम, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् । छानविन टोली बाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमं तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट टोली संगै घटनास्थल तर्फ गएको साहयक प्रजिअ जोशीले बताउनु भयो ।  त्यसैगरि नेपाली छानविन टोली संग भारतको डिडिहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी घटना स्थल गस्कु तर्फ गएको स्रोतले जनाएको छ ।टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् । भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबी गरेको छ । छानविन समितिको प्रतिवेदन अनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ। साउन १५ गते ब्याँस गाउँपालिका–२ मालघाटमा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईन काटीदिदा स्थानिय जय सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । जय सिंह धामी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी छ ।