दार्चुला तुईन प्रकरणः छानविन समितिले काम थाल्यो ।।

३ बर्ष अघि

२0७८ श्रावण २0 बुधबार

दार्चुला तुईन प्रकरणः छानविन समितिले काम थाल्यो ।।

 २० साउन दार्चुला । 
साउन १५ गते दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ राप्ला मालका स्थानीय ३३ बर्षिया जयसिह धामी तुईन तर्ने बेला भारतीय एसएसबीका कारण नदिमा खस्न गई बेपत्ता भएको घटनाको छानविन गर्न गठित समितिले बुधबारबाट अनुसन्धानको काम थालेको छ । 
नेपाल सरकार गृह मन्त्रालयका सहसचिव जनार्जन गौतमको टोली मंगलबार बेलुकी मात्रै दार्चुला जिल्ला सदरमुकाम खलंगा आईपुगेको हो । बुधबार विहानै बाट घटनाका प्रत्यक्षदर्शीहरु कल्यान सिह धामी, विक्रम रङकोली र अनिता धामी सँग घटनाको बारेमा बयान लिएको छ । दिउँसो दार्चुला जिल्ला स्थित सञ्चारकर्मी तथा मानवअधिकारकर्मी, राजनीतिक दल र स्थानीय जनप्रतिनिधीहरुबीच पनि टोलीले घटनाको बारेमा जानकारी लिएको छ । 
घटनाको छानविनको बारेमा जानकारी दिँदै छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्जन गौतमले घटनाको सत्यतथ्य छानविनमा कुनै कसुर बाँकी नराखिने कुरा बताएका छन । छानविन समितिले दार्चुला जिल्लामा रहेका पत्रकार तथा मानब अधिकार क्रमीहरुसँग घटनाको बारेमा जानकारी लिएका छन । छानविन समितिले घटनास्थल सम्मै पुगेर अनुसन्धान गर्ने र सत्य तथ्य छानविनका लागि  कुनै कसुर नराहने गरि छानविनको लागि समिति घटना स्तलमा समेत जाने  बताउनुभएको छ ।