तिङ्कर सडकको बारेमा दार्चुलाका साँसदहरुको फरक धारणा, कुन सही कुन गलत !

३ बर्ष अघि

२0७८ श्रावण १९ मंगलवार

तिङ्कर सडकको बारेमा दार्चुलाका साँसदहरुको फरक धारणा, कुन सही कुन गलत !

कृष्ण धामी, १९ साउन दार्चुला । दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिदेशीय नाका तीङ्कर भञ्ज्याङ सम्म जोड्ने दार्चुला तिङ्कर सडक निर्माणको काम आर्थिक बर्ष २०६५÷६६ बाट सुरु भएको हो । झण्डै १२ बर्ष पछि सो सडकले व्याँस गाउँपालिका केन्द्र सुन्सेरा सम्मको ४० किलोमिटर सडकको ट्रयाक खोल्यो । २०७४ सालमा नेकपा एमालेको तर्फबाट जननिर्वाचित सांसद गणेश सिह ठगुन्नाले तुसारपानी भन्दा माथिको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनु पर्ने माग राख्दै केपी शर्मा ओली नेतृत्वको सरकारले सो सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरी महाकाली करिडोरका नामबाट बजेट विनियोजन गरेको ग¥यो । 
साउन १९ गते मंगलबारको प्रतिनिधी सभा बैठकमा दार्चुला जिल्लाबाट संघिय सरकारमा प्रतिनिधीत्व गर्ने साँसदद्वय गणेशसिह ठगुन्ना र दिलेन्द्र प्रसाद बडुले सम्बोधन गरे । 
दार्चुला तिङ्कर सडकको जिम्मा पाएको नेपाली सेनाले काम गर्ने सम्झौता फाईल भौतिक योजना मन्त्रालयमा रहेको साँसद ठगुन्नाले बताउनु भयो भने दार्चुला तिङ्कर सडकले गती नलिएको र बजेट महाकाली करिडोरका नाममा छरिएर जाँदा काम नहुने भन्दै यसलाई छुट्टै बजेट विनियोजन गर्नु पर्ने अर्का साँसद बडुको भनाई छ ।
नेपाल तर्फ बाटो नहुँदा तुईनको जोखिमपुर्ण यात्रा गर्दा नेपालीहरुले बर्षेनी ज्यान गुमाउनु परेको बेला सरकारको प्रतिनिधित्व गरेका दुबै साँसदले तिङ्कर सडकका बारेमा बोलेको कुरा एक अर्कामा बाझियो । तिङ्कर सडक निर्माणमा कुन साँसदले बोलेको सहि र कुन साँसदले बोलेको सहि भनेर अब जनताले छुट्याउने बेला आएको छ । (भिडियो सहित)