स्थानीयहरु कृषि पेशा तर्फ आक्रसित, बजारको अभाव जस्ताकाे त्यस्तै

६ बर्ष अघि

२0७५ श्रावण ३0 बुधबार

स्थानीयहरु कृषि पेशा तर्फ आक्रसित, बजारको अभाव जस्ताकाे त्यस्तै

राम सिह धामी दृष्टिकोण समाचार ,दार्चुला , दार्चुलाको व्याँस गाँउपालिकामा रहेका स्थानीहरु पछिल्लो समय कृषि पेशामा जुटेका छन । 
व्याँस गाँउपालिकाको आर्थिक बर्ष २०७४÷७५ मा कृषि क्षेत्रमा लगानी लगाएर पोलिहाउस वितरण गरिएकाले पनि स्थानीयहरु कृषि पेशामा आक्रसित भएका हुन । व्याँस गाँउपालिका कृषि क्षेत्रको सम्भावना रहेको पालिका भएकाले पछिल्लो समय कृषि क्षेत्रमा लगानी लगाईरहेको व्याँस गाँउपालिका अध्यक्ष दिलिप सिह बुढाथोकिले बताउनु भयो । 

कृषि खेतिबाट धेरै फईदा हुने र हरेक नागरिकले आफ्नौ बारिमा लगाएको ताजा ताजा तरकारी खान सकिने भएकाले पनि थोरै भएपनि आमदानीको स्रोत पनि बन्ने भएकाले तरकारी खेति आवस्यक रहेको व्याँस गाँउपालिकाका स्थानीय देव सिह कुवरले बताउनु भयो । त्यसैगरि अर्का स्थानीय मान सिह कुवरले दार्चुला तिङकर सडकले छिटो भन्दा छिटो गति लिएर अगाडि बढेमा व्याँस गाउँपालिकाका स्थानीयहरु व्यवसायिक हुने र हरेक क्षेत्रमा तरकारी खेति देखि लिएर फलफुल खेतिमा गरेर जिवन निर्वाहमा सजिलो हुने बताउनु भयो । व्याँस गाँउपालिकाका स्थानीहरु बैदेशि रोजगारीका लागी विभिन्न मुलुकहरुमा गईरहेका बेला व्याँस गाउँपालिकाले आफ्नो सिप क्षमताको पहिचान गरि रोजगारिका लागी आगामी दिनमा पनिे युवाहरुमा लागनी गर्ने व्याँस गाँउपालिका अध्यक्ष दिलिप सिह बुढाथोकिले बताउनु भयो । जिल्ला सर्दमुकाबाट टाढा रहेको पालिका त्यसमा पनि यातायातले पनि छुन नसक्दा व्याँस गाँउपालिकाका स्थानीयहरुले उत्पादन गरेको तरकारी पनि बजार सम्म पुगाउन समस्या भएकाले आयआर्जनमा केहि कमि आएको स्थानीय मान सिह कुरले दुखेसो गर्नु भयो । 
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले  स्थानीयहरुको समस्या बुझेर काम गरि दिएमा सबै युवाहरु रोजगारीका लागि विदेशिनु नपर्ने कुवरको भनाई थियो । 
कृषिमा हरेक स्थानीय तहहरुले थुप्रै लगानी गरिहेका भएपनि बजारको अभाव र बाटो घाँटो नहुदा उत्पादन गरेको फलफुत तथा सागपातहरु खेर जान थालेको छ ।