ब्याँस जोड्ने बाटो बर्षात लागेसँगै अबरुद्ध, तिङ्कर सडकको विकल्प छैन(फोटो फिचर)

३ बर्ष अघि

२0७८ श्रावण १९ मंगलवार

ब्याँस जोड्ने बाटो बर्षात लागेसँगै अबरुद्ध, तिङ्कर सडकको विकल्प छैन(फोटो फिचर)

फाेटाे: असाेक बाेहरा


कृष्ण धामी, १९ साउन दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु तिङ्कर जोड्ने बाटो बर्षात लागेसँगै ठाउँठाउँमा अबरुद्ध भएको छ । गत बर्ष नेपाली सेनाले निर्माण गरेको साढे पाँच सय मिटर घोरेटो बाटो महाकाली नदिले बगाएको छ । बर्षात लागेसँग महाकाली नदि किनारमा निर्माण गरिएको उक्तबाटो नदिको कटान र पहिरोका कारण अबरुद्ध भएको व्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोकसिह बोहराले जानकारी दिनुभयो । 
‘नेपाल तर्फ बाटोघाँटो छैन्, व्याँस गाउँपालिका जान भारतीय बाटो भएर हिड्नु पर्ने अवस्था रहेको छ, तर भारतीय क्षेत्रबाट छाङरु तिङ्कर जानका लागि बहुयात्रा अनुमती पत्र बीना हिडडुल गर्न सकिदैन’ अध्यक्ष बोहराले भन्नु भयो । 
गतबर्षबाट विश्वभर कोभिड–१९ कोरोना भाईरसका कारण नाकाहरु बन्द भएपछि व्याँसका स्थानीयहरुले जिल्ला सदरमुकाम आवत–जावत गर्न समेत समस्या भएपछि सुदुरपश्चिम प्रदेश सरकार, नेपाल सरकार, डोलीडारले सो क्षेत्रसम्म जोड्ने घोरेटो बाटो निर्माण गर्न नेपाली सेनाको निर्माण सेवा दललाई जिम्मेवारी दिएर व्याँस गाउँपालिकाको घाँटीबगर, तम्बाकु भिर क्षेत्रमा झण्डै साढे पाँच सय बाटो निर्माण गरेको थियो । बर्षातको समयमा नदिले कटान गरी पहिरो आउँदा एक बर्षमै बाटो भत्कीएको छ । 

फाेटाे : ब्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशाेक सिह बाेहरा ।