विद्युतको माग गर्दै स्थानीय द्धारा महाकाली लोकमार्ग अबरुद्ध,

३ बर्ष अघि

२0७८ श्रावण १६ शनिबार

विद्युतको माग गर्दै स्थानीय द्धारा महाकाली लोकमार्ग अबरुद्ध,

दार्चुला । विद्युतको विस्तारको माग गर्दै शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ का स्थानियले आन्दोलन गरेका छन । विद्युत विस्तारको आश्वासन दिँदै चार बर्ष पहिले पोल गाडिएको भएपनि हाल सम्म त्यस बाहेक कुनै काम नभएको भन्दै स्थानियले विरोध स्वरुप महाकाली लोकमार्ग अवरुद्ध गरेका छन । लोकमार्ग अन्तरगत चैतलीचौर क्षेत्रमा सडक बन्द गरिएको छ । विद्युत विस्तरको माग गर्दै १० दिन अघि प्रशासनलाई जानकारी गराएपनि सुनुवाई नभएको भदै आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । प्रकाशसिंह धामीको नेतृत्वमा संघर्ष समिति बनाएर स्थानीयहरुले चरणबद्ध आन्दोलन थालेका हुन ।