यार्सागुम्बा सहित एक जना पक्राउ

३ बर्ष अघि

२0७८ श्रावण १३ बुधबार

यार्सागुम्बा सहित एक जना पक्राउ

दार्चुलामा अवैध यार्सागुम्बा सहित एक जना पुरुष पक्राउ परेका छन । पक्राउ  पर्नेमा जिल्लाको व्यासँ गाउँपालिका वडा नम्बर ३ सिना बस्ने वर्ष २४ का ग्रिस कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बुधबार दिउसो १ बजेतिर जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ३ ब्रह्मदेब चोकपोष्टमा चेकजाचगर्दा उनको साथबाट ३ पोका पालाष्टिक भित्र राखेको अवैध यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनु भयो ।पक्राउ परेका उहाँसंग कुनै पनि आवश्यक कागजपत्र नभेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध यार्सागुम्बा र ति पुरुषलाई  अपि नाम्पा संरक्षण क्षेत्र  कार्यालयमा बुझाएको सुचना अधिकारी चन्दले बताउनु भयो  । प्रहरीले साउन ८ गते मात्रै अवैध यार्सागुम्बा सहित एक महिलालाई पनि पुलघाट स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा पक्राउ गरेको थियो ।