वडा सदस्य भट्टको ह्रदयघात बाट मृत्यु

३ बर्ष अघि

२0७८ श्रावण १३ बुधबार

वडा सदस्य  भट्टको ह्रदयघात बाट मृत्यु

दार्चुला । दार्चला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर २ का वडा सदस्य बाशुदेव भट्टको मृत्यु भएको छ । मंगलबार राती ११ बजे ४८ वर्षको उमेरमा ह्रदयघातका कारण वडा सदस्य भट्टको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । राती खाना खाएर सुतेको केहि बेरमा भट्ट मृत अवस्थामा फेला पर्नुभएको लेकम गाउँपालिका वडा नम्बर २ कै वडा सदस्य पदम राज जोशीले बताउनुभयो । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । गाउँका मुखिया एबं समाजसेवी भट्टको निधनप्रति आफन्त, इष्टमित्र र शुभचिन्तक तथा राजनीतिक दलका नेता, कार्यकर्ताहरुले दुख व्यक्त गरेका छन् । मृतक भट्टका तीन छोरा र एक छोरी छन् ।