नेपालमा थप ३ हजार ८ सय ९९ जना कोरोना संक्रमित पुष्टि

३ बर्ष अघि

२0७८ श्रावण १२ मंगलवार

नेपालमा थप ३ हजार ८ सय ९९ जना कोरोना संक्रमित पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ । तीमध्ये ९ हजार ७५८ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका छन् । जसमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६११ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका ७९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।