अपडेट ः महाकाली नदि किनारमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

३ बर्ष अघि

२0७८ श्रावण १२ मंगलवार

अपडेट ः महाकाली नदि किनारमा मृत भेटिएकी महिलाको  पहिचान खुल्यो

दार्चुला जिल्लाको  महाकाली नगरपालिका वडा नम्बर –५ गल्फै स्थित महाकाली नदी किनारमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । भारतको धारचुला गलातीकी ४५ वर्षीय ममता देवि बर्माको रहेको प्रहरीले जनाएको छ ।  मंगलवार मध्यान्ह १२ बजेतिर महाकाली नदी किनारमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुला सुचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए । विहान धारचुलाको खोतिला नजिक बाट महाकाली नदिमा हाम फालेको हुन सक्ने प्रहरीले जनाएको छ ।  महिलाको शवलाई आफन्तको जिम्मा लगाएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।