महाकाली नदि किनारमा महिलाको शव भेटियो, पहिचान खुलेन् ।

३ बर्ष अघि

२0७८ श्रावण १२ मंगलवार

महाकाली नदि किनारमा महिलाको शव भेटियो, पहिचान खुलेन् ।

दार्चुला जिल्लाको  महाकाली नगरपालिका वडा नम्बर –५ गल्फै स्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।  मंगलवार मध्यान्ह १२ बजेतिर अन्दाजी २५÷३०वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुला सुचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । गस्तीमा खटिएको प्रहरी टोलीले नदी किनारमा महिलाको शव देखेको थियो । अहिले प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीको नेतृत्वमा टोली परिचालन भई घटनास्थल मुचुल्का तयार गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ ।   शव महाकाली नदिले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको पहिचान खुलिनसकेको प्रहरीको भनाई छ ।