एक हप्ता पछि दार्चुलाका १० हजार व्यक्तिले काेराेना खाेप पाउने काे काे परे प्राथमिकता मा हेर्नुस्

३ बर्ष अघि

२0७८ श्रावण १२ मंगलवार

एक हप्ता पछि दार्चुलाका १० हजार व्यक्तिले काेराेना खाेप पाउने  काे काे परे प्राथमिकता मा हेर्नुस्

दार्चुलामा दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तीहरुलाई भरोसेल खोप सञ्चाल हुने भएको छ । गत असार ११ र १२ गते भेरो सेल खोप लगाएका र अन्य भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुट भएकाहरुलाई खोप लगाईने जनस्वास्थ्य अधिकृत जयराजभट्टले जानकारी दिनुभयो । भेरोसेल खोप साउन १६ गते देखि १८ गते सम्म लगाइने जनस्वास्थ्य अधिकृत भट्टले बताउनु भयो ।  भेरो सेल खोप विशेष गरि विद्यालयका प्रधानाध्यापक शिक्षक कर्मचारी बालबिकास केन्द्रकाका शिक्षक तथा कर्मचारीहरु र सार्वजनिक यतायातमा कार्यरत चलक सहचालकहरुलाई खोप लगाईने भएको छ । त्यसैगरि ४५ देखि ४९ वर्ष  उमेर समुहका व्यक्तिहरुलाई पनि खोप लगाईने जनस्वास्थ्य अधिकृत भट्टले बताउनु भयो । मंगलबार बसेको सरोवकारवाला हरुकोे बैठकले विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाईरसबाट जोगिनका लागि स्वास्थ्यका मापदण्डको पुर्ण रुपमा पालना गर्न र गराउने निर्णय समेत गरिएको छ ।