सिरोडामा रहेको हुनैनाथ मन्दिरमा ‘माँ सेरावाली’को मुर्ति ल्याइदै

३ बर्ष अघि

२0७८ श्रावण १0 आईतवार

सिरोडामा रहेको हुनैनाथ मन्दिरमा ‘माँ सेरावाली’को मुर्ति ल्याइदै

दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर –६ सिरोडामा रहेको हुनैनाथ मन्दिरको लागि आगामी दशैँमा ‘माँ सेरावाली’को मुर्ति ल्याइने भएको छ । कामको शिलशिलामा भारतको विभिन्न ठाउँमा गएका सिरोडाका खत्री परिवारका युवाहरुले चन्दा संकलन गरि मुर्ति ल्याउने अनिलसिंह खत्रीले बताए । उनका अनुसार खत्री परिवाले विगतमा पनि सामाजिक कार्यमा एकजुट भई काम गरेका छन । २ वर्ष अगाडी सिरोडा टोलमा विवाह लगायतका सामाजिक कार्यमा आवश्यक पर्ने कुर्सी , टेन्ट, डिजे, जेनेरेटर, भाँडाकुँडा र सिरोडाका खेलाडी हरुको लागि पोषाक ड्रेस ल्याइएको उनले बताउनु भयो । त्यसै गरि भैरव नाथ मन्दिर सिरोडाका लागि काल भैरवको मुर्ति समेत यस अघि नै ल्याएको खत्रीले बताए । खत्री परिवारले इष्टकुल देवताको रुपमा पूजा गर्ने काल भैरबको शिवजीकै एक रुप भएको बुढापाकाहरु बताउँछन । आगामी दशैंमा हुनैनाथ मन्दिर सिरोडाको लागि माँ शेरावालि को मुर्ति ल्याइने भएकाले सहयोगीहरु अर्थात भक्तजनहरुमा सहयोग गर्न समेत खत्रीले आग्रह गरेका छन । मुर्ति ल्याउन लागि अहिलेसम्म एक लाख १० हजार भारतीय रुपैयाँ उठिसकेको समेत उनले जानकारी दिनुभयो ।