दार्चुलाको पुलघाटँ नाकामा जेड स्कोर अभियान सुचारु

३ बर्ष अघि

२0७८ श्रावण १0 आईतवार

दार्चुलाको पुलघाटँ नाकामा जेड स्कोर अभियान सुचारु

दार्चुला । दार्चुला जिल्लाको पुलघाट नाकामा जेड स्कोर मापन तथा परामर्श अभियान सुचारु गरिएको छ । ६ महिना देखि ५९ महिना सम्मका बालबालिकामा कुपोषणको समस्या देखिएकाले दुईदेशको सिमानाकामा जेड स्कोर डेस्क स्थापना गरि चेकजाँचको सुरु गरिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार १ हजार ३ सय २९ बालबालिकामा कडा कुपोषण र ३ हजार ८ सय ७६ बालबालिकामा मध्यमखालको कुपोषणको समस्या देखिएकाले सबै स्वास्थ्य संस्थाहरुमा र सीमानाकाहरुमा जेड स्कोर सेवा सुचारु गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो ।  ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण आवश्यक पोषण युक्त खाना खान नपाउने भएकाले कुपोषणको शिकार भईरहेका छन । बालबालिकामा भएको  कुपोषण हटाउनका लागि जिल्ला अस्पताल दार्चुला सहित जिल्लाका अन्य करीब एक दर्जन विभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थाहरुमा जेड स्कोर विशेष कार्यक्रम सञ्चालन गरि जिल्ला भरि परिक्षण गरिरहेको जनस्वास्थ्य अधिकृत भट्टको भनाई छ । अहिले स्वास्थ्यकर्मी गाउँ गाउँ परिचालन गरिएका छन । उनीहरुलाई प्रोत्साहन गर्दै बालबालिकाको कुपोषणको अवस्था र जेड स्कोर निकाल्ने काम भइरहेकाले दुईदेशको सिमानाकामा पनि जेड स्कोर मापन तथा परामर्श अभियानको थालिनी गरिएको  छ । शनिबार बाट नेपाल भारत जोड्ने पुलघाट नाकामा जेड स्कोर सेवा सुचारु गरिएको हो । १६ जनाको बालबालीकाको परिक्षण गरीएको र सबै अवस्था समान्य रहेको जनस्वस्थ्य अधिकृत भट्टले जानकारी दिनुभयो ।