यार्सागुम्बा सहित एक जना महिला पक्राउ

३ बर्ष अघि

२0७८ श्रावण ८ शुक्रबार

यार्सागुम्बा सहित एक जना महिला पक्राउ

दार्चुला । दार्चुलामा यार्सागुम्बा सहित एक जना महिला पक्राउ परेका छन । भारतको धारचुलाबाट नेपाल ल्याउदै गरेको अवस्थामा आज साझ ५ बजेतिर महाकाली नगरपालिका ४ की ४० वर्षिय दिपा महरालाई २ सय ४० ग्राम अवैध यार्सागुम्बा सहित  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।  पुलघाट स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले चेकजाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा बरामद गरिएको हो ।  बरामद गरिएको २४० ग्राम अवैध यार्सागुम्बा र ति महिलालाई डिभिजन वन कार्यालयमा बुझाएको सुचना अधिकारी चन्दले जानकारी दिनुभयो । उहाँ माथि थप अनुसन्धान भइरहेको बताइएकाे छ।