भक्तजनहरुलाई धामी समाजको नि ः शुल्क फलफुल वितरण

३ बर्ष अघि

२0७८ श्रावण ८ शुक्रबार

भक्तजनहरुलाई  धामी समाजको   नि ः शुल्क फलफुल वितरण

शैल्यशिखर जात्राको अवसर पारेर धामी क्षेत्री समाजले भक्तजनहरूलाई निशुल्क फलफुल वितरण गरेको छ । प्रत्येक बर्ष असार  शुक्ल चतुर्दशीका  दिन हुने शिखर धाम पुजनको लागि  वर्त बसेर आउने श्रद्धालु भक्तजनहरूलाई मध्यनजर गरेर भक्तजनहरूलाई स्याउ ,केरा र आप  वितरण गरिएको हो ।  धामी क्षेत्री समाजका सस्थापक सदस्य तथा दार्चुला शाखाका अध्यक्ष  सुरेन्द्र सिंह धामीका अनुसार गतबर्ष पनि  शिखरधाम पुजनको अवसरमा फलफुल वितरण गरेको र सोही कार्यक्रमलाई निरन्तरता दिएको धामी क्षेत्री समाजका सस्थापक सदस्य तथा दार्चुला शाखाका अध्यक्ष धामीले जानकारी दिनुभयो । अध्यक्ष धामीका अनुसार उक्त समाजले यो भन्दा पहिले  काठमाडौंको टुडिखेलमा हुने गौरा पर्बमा निशुल्क पानी वितरण गर्ने,  असहायहरूको उपचारको लागि आर्थिक सहयोग गर्ने, ब्लडको प्रबन्ध गर्ने जस्ता बिभिन्न सामाजिक कार्यहरुलाई गरिसकेको छ ।  कोरोना भाईरसका कारणले आफ्ना गतिविधिहरूले निरन्तरता नपाएको र अब छिट्टै नयाँ कार्ययोजना सहित समाजका सामाजिक कार्यहरुलाई अगाडि बढाउने अध्यक्ष धामीले बताउनु भयो ।  फलफूल बितरण कार्यले  युवाहरुमा समेत धार्मिक आस्थाको प्रवर्द्धन गर्नुका साथै समाजसेवी भावनाको समेत विकास भएको सदस्य धामीले बताएका छन् । शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको स्थानीय बासिहरुको भनाई रहेको छ ।  मालिकार्जुन–३ मडस्थित भण्डारी घरदेखि आज सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा दियो, धुप जलाउने र भाक्ल गरेका सुन चाँदि, तामा र पितलका भाँडाहरु चडाउने प्रचलन पनि रहिआएको छ । 
यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगेर शिखर धामको दर्शन गरि घरतिर लागेका छन्।शिखर धामको दर्शन गर्न बिहीबारदेखि नै अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन मन्दिरमा रहेको अतिथिगृहमा बास बसेका थिए । बर्सेनि हजारौँ श्रद्धालु भक्तजनले पूजन जात्रामा शिखर धामको दर्शन गर्ने गरेका छन । मालिकार्जुनबाट सुरु हुने जात्रा बिहानै शिखर धुरा पुगेर पूजापाठ गर्ने चलन छ। पूजापाठपछि उनीहरु पुनः मालिकार्जुन मन्दिरमा पुगेर जात्रा विर्सजन गर्ने गर्छन्।