शैल्यशिखर पुजन जात्रा साउन ८ गते मनाईदै

३ बर्ष अघि

२0७८ श्रावण ७ बिहीबार

शैल्यशिखर पुजन जात्रा साउन ८ गते मनाईदै

राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा शुक्रबार  पुजन जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथिमा लाग्ने जात्रा याे वर्ष साउन ८ गते मनाईने भएको हो । लेकम क्षेत्रको मालीकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यशिखर धाममा  असार शुक्ल चतुर्दशी तिथि र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखर पुजन जात्रा लाग्ने गर्दछ । शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अघि देखि नै चोखो खाना तथा दिनमा दुईपटक नुहाएर ब्रतबसि दर्शन गर्ने प्रचलन रहेको छ ।  शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविस्वासका कारण शिखर पुजन जात्रामा दर्शन गर्ने र मनोकामना पुरा हुने प्रचलन रहिआएको छ । शिखर धामको दर्शन गरेमा मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहीआएको मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनकसिंह धामीले बताउनु भयो । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ भण्डारि घर देखि सुरु हुने शिखर पुजना जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ । यस वर्षको शिखर धाम पुजन जात्राका लागि मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले सार्वजनीक विदा समेत दिने निर्णय गरेको छन् । शैल्यशिखर धाममा लाग्ने पुजन जात्राका लागि मालिकार्जुन गाउँपालिका र मालिकार्जुन मन्दिर व्यवास्थापन समितिले शुभकामना सहित श्रदालु भक्तजनहरुलाई स्वागत समेत गरिरहेका मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द सिह धामी जानकारी दिनुभयो ।  शिखर धामको दर्शन गर्न बिहिबारदेखि नै सुदुरपश्चिम प्रदेश तथा उत्तराखण्ड भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु मालिकार्जुन पुगेका छन ्। बर्षेनि हजारौ श्रद्धालु भक्तजनले पुजनजात्रामा शिखर धामको दर्शन गर्ने गरेको सचिव जनकसिंह धामीले जानकारी दिनु भयो ।