९० ग्राम यार्सागुम्बा सहित एक जना पक्राउ

३ बर्ष अघि

२0७८ श्रावण ५ मंगलवार

९० ग्राम यार्सागुम्बा सहित  एक जना पक्राउ

दार्चुलामा यार्सागुम्बासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल भारत जोड्ने झोलुंगे पूलबाट ९० ग्राम यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पिथौरागढ जिल्ला धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार नियमति चेक जाँचको क्रममा बिष्टलाई यार्सागुम्बा सहित पक्राउ गरेको चन्दले बताउनुभयो ।
यार्सागुम्बासहित पक्राउ परेका विष्टलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको छ । डिभिजन वन कार्यालय दार्चुलाले विष्ट माथि अनुसन्धान सुरु भएको जनाएको छ ।