दार्चुला बहुमुखी क्याम्पस द्धारा नमुना मावि खलंगा सम्मान 

६ बर्ष अघि

२0७५ श्रावण ३0 बुधबार

दार्चुला बहुमुखी क्याम्पस द्धारा नमुना मावि खलंगा सम्मान 

दिपक सिह धामी, साउन २९,दार्चुला 
बहुमुखी क्याम्पसले मंगलबार महेन्द्र नमुना मावि खलंगामा सम्मान तथा भेटघाट कार्यक्रम गरेको छ। दार्चुला जिल्ला सदरमुकामा रहेको दार्चुला बहुमुखि क्याम्पस आँगीक क्याम्पस भएकाले अवका दिनमा हरेक विद्यार्थीको चाहानालाई मध्यनजर गरी दार्चुजा जिल्लालाई शैक्षिक विकासका लागी सदैव अगाडि बढन सबै शिक्षक विद्यार्थी तथा अभिभावकहरुको भुमिका ठुलो रहेको क्याम्पस प्रमुख कृष्ण सिह साउदले बताउनु भयो । 
दार्चुला बहुमुखि क्याम्पस सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएकाले शैक्षिक गुणस्तर बृद्धिका लागि जिल्ला भरि रहेका माद्ययमिक विद्यालयहरुमा भेटघाँट तथा सम्मान कार्यक्रमको आयोजना गरिएको दार्चुला बुहमुखि क्याम्पसले जनाएको छ । 
मंगलबार सम्पन्न भएको कार्यक्रममा दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण सिह साउदको अध्यक्षतामा र  जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की को प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो जसमा महाकाली नगरपालीकाका नगर प्रमुख हशं राज भट्ट र नमुना मावी का प्रधानाध्यापक राम दत्त जोशी विषिष्ट अतिथी रहनु भएको थियो।कार्यक्रम बहुमुखी क्याम्पसका उपप्राध्यापक धाना धामी ले सञ्चालन गर्नुभएको थियो ।