दार्चुलामा कुपोषणको अवस्था डरलाग्दो, पाँचहजार बढी बालबालिका प्रभावित (तथ्याङ्क सहित)

३ बर्ष अघि

२0७८ श्रावण ५ मंगलवार

दार्चुलामा कुपोषणको अवस्था डरलाग्दो, पाँचहजार बढी बालबालिका प्रभावित (तथ्याङ्क सहित)

फाइल फाेटाे


जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुलाले एक साता पहिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुमा पाँच बर्ष मुनीका कुपोषित बालबालिकाहरुको संख्या ५ हजार २ सय ५ जना रहेको छ ।
दार्चुला जिल्लाका ९ वटा स्थानीय तहको छुट्टाछुट्टै अनुमानीत तथ्याङ्क अनुसार जिल्लामा सबभन्दा बढी शैल्यशिखर नगरपालिकामा ८ सय ४६ जना र सबभन्दा कम अपिहिमाल गाउँपालिकामा २ सय ७१ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।