गोकुलेश्वरका स्थानीयद्धारा बाटो अवरुद्ध

३ बर्ष अघि

२0७८ श्रावण ४ सोमबार

गोकुलेश्वरका स्थानीयद्धारा बाटो अवरुद्ध

 दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९, गोकुलेश्वरका स्थानीयले गोकुलेश्वर बजारमा अस्पताल रोड तर्फ जाने बाटो अवरुद्ध गरेका छन् । गोकुलेश्वरका व्यापारी, व्यवसायी तथा स्थानीयहरुले आफ्नो बस्ती नजिक फोहोर फालेको भन्दै बाटो अवरुद्ध गरेका हुन । व्यापारीहरुले दैनिक रुपमा फोहोर फाल्ने गरेको भएपनि नगरपालिकाले उक्त फोहोर व्यवस्थापनका लागि कुनै चासो नदेखाएको स्थानीय बादी समुदायको गुनासो छ । अहिले उनीहरुले वस्ती नजिकको फोहोरलाई बाटोमा फालेर बाटो अवरुद्ध गर्नुका साथै नगरपालिकासंग फोहोर व्यवस्थापनका लागि माग गरिरहेका छन् । बाटो बन्द हुँदा पैदलयात्रीहरुलाई आवतजावतमा समस्या भएको छ । बजारमा रहेको फोहोर व्यवस्थापनका लागि शैल्यशिखर नगरपालिकाले ३ बर्षअघि टिप्पर खरिद गरेपनि हाल प्रयोगविहिन अवस्थामा छ । गोकुलेश्वर बजार क्षेत्रमा विगतदेखि नै फोहोर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रभावकारी काम नगरेको स्थानीयको गुनासो छ ।