विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

३ बर्ष अघि

२0७८ श्रावण ४ सोमबार

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

काठमाण्डौ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ ।  त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, बेलायतमा पनि सङ्क्रमण फैलिन थालेको छ । गएको २४ घण्टामा बेलायतमा ५४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै थाइल्याण्डमा पनि सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्यका मापदण्डमा कडाइ गर्दै लकडाउन थपिएको छ । यस्तै, बङ्गलादेशमा पनि सङ्क्रमण फैलिरहेको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण चुनौती बढेको विज्ञले बताएका छन् ।