दार्चुलामा बेला बेला बिद्युत अबरुद्ध हुदा सेवाग्राही समस्यामा

३ बर्ष अघि

२0७८ श्रावण ४ सोमबार

दार्चुलामा बेला बेला  बिद्युत अबरुद्ध हुदा सेवाग्राही समस्यामा

दार्चला । दार्चुला सदुमकाम खलंगा सहित जिल्लाको अधिकासं ठाउँमा बेला बेला विद्युत अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । लोडसेडिङको तालिका बिना गर्मीको समयमा दैनिक विद्युत अवरुद्ध तथा अनियमित भएपछि समस्या भएको सेवाग्राहीको गुनासो छ । विद्युतिय सामाग्रीको व्यापार तथा प्रयोग गर्देै आएका सेवाग्राहीहरुले अनियमित विद्युतका कारण  विद्युतिय सामाग्री बिग्रिने गरेको स्थानीय दिपक विष्टले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका अनुसार आईतबार शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बरमुडेमा  लाइन फल्ट देखिएपछि विद्युत अवरुद्ध भएको छ । मर्मतको काम भइरहेकोले सोमबार बेलुकी सम्म विद्युत सुचारु हुने प्राविधिकहरुले बताएका छन ।बिद्युत कार्यालयको लापरवाही, प्रतिकुल मौसम र सिमित स्रोत, साधन तथा जनशक्ति अभावका कारण बेलाबेला विद्युत सेवा अबरुद्ध हुने गरेको छ । अधिकासं घरधुरी अझै विद्युतको पहुँच बाहिर रहेको र विद्युत पुगेको ठाउँमा समेत अनियमित हुँदा नागरिकहरु विभिन्न समस्या खेप्दै आएका छन । समयमै ग्रामिण विद्युतिकरण नहुँदा ३० मेगावाटको चमेलिया लगायत साना ठूला दर्जनौँ जलविद्युत आयोजना उत्पादन भएको दार्चुला जिल्लाका नागरिकहरु अहिलेसम्म पनि अन्धकारमै बस्न बाध्य रहेका छन् । विद्युत अभाव र अनियमित हुँदा सेवाग्राहीले बत्ति बाल्ने देखि, मोबाइल चार्ज गर्ने, खाना पकाउने, व्यवसाय सञ्चालन गर्ने लगायत विद्युतिय सेवाहरुबाट बञ्चित हुनु परेको छ ।