बाढी–पहिरोमा ज्यान गुमाएका मृतक परिवार र घर क्षेति भएकाहरुलाई राहत

३ बर्ष अघि

२0७८ श्रावण ३ आईतवार

बाढी–पहिरोमा ज्यान गुमाएका  मृतक परिवार र घर क्षेति भएकाहरुलाई राहत

दार्चुला । दार्चुला जिल्लाको  नौगाड गाउँपालिकाले बाढी पहिरोले ज्यान गुमाएका मृतक परिवार र बाढी पहिरोले घरमा पूर्ण क्षति भएका परिवारलाई राहत उपलब्ध गराएको छ । असार २४ गतेको बाढी पहिरोले नौगाड गाउँपालिका वडा नम्बर ३ लगायत विभिन्न क्षेत्रमा क्षति पु¥याएको थियो । नौगाड गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएका पाँच जनाका मृतक परिवारलाई २० हजारका दरले राहत वितरण गरिएको योजना शाखा अधिकृत नरेन्द्र प्रसाद ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक परिवारलाई २० हजारका दरले र घर पूर्ण क्षति भएका ७ परिवारलाई १५ हजारका दरले गाउँपालिकाले राहत रकम उपलब्ध गराएको छ ।  पीडित परिवारलाई खाद्यान्न तथा अन्य राहत सामग्रीहरु पनि गाउँपालिकाले उपलब्ध गराउदै आएको  गाउँपालिकाले जनाएको छ । साथै पीडित परिवारलाई खाद्यान्न, लत्ता कपडा र अन्य अत्यावश्यक सामानहरु अभाव हुन नदिने गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार खाद्यान्न तथा अन्य राहत सामग्री अभाव भएमा सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकामा सम्पर्क गर्न समेत गाउँपालिकाले अनुरोध गरेको विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण सिंह ठगुन्नाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, उपाध्यक्ष गौरी देवि ठगुन्ना, वडाध्यक्षहरु लगायतको सहभागितामा बाढी–पहिरो पीडित परिवारलाई राहत रकम वितरण गरिएको हो ।