पहिरोमा पुरिएर एक महिलाको मृत्यु

३ बर्ष अघि

२0७८ असार ३१ बिहीबार

पहिरोमा पुरिएर एक महिलाको मृत्यु

दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । व्यास गाउँपालिका–३ तुसरपानीमा खसेको पहिरोमा पुरिएर व्यास गाउँपालिका–२ राप्ला घर भएकी ५० वर्षीया बेलमती बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनुभयो । पहिरोमा परेर विहिबार आज विहान ९ बजे बेपत्ता भएकी बुढाथोकीको शव फेला परेको हो । मृतकको उद्धारका लागि स्थानीयसंगै नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । तुसरपानी पहिरोमा परी सोहि ठाउँका रायमती बुढाथोकी घाइते हुनुभएको छ । व्यास गाउँपालिका–२ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा विहिबार बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते बुढाथोकीको दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।