दार्चुलामा साउन १ गतेबाट निषेधाज्ञा खाेल्ने निर्णय

३ बर्ष अघि

२0७८ असार ३0 बुधबार

दार्चुलामा साउन १ गतेबाट निषेधाज्ञा खाेल्ने निर्णय

दार्चुला । दार्चुलामा वैशाख २५ गतेदेखि जारी गरिएको निषेधाज्ञा खुला हुने भएको छ । बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा शुक्रवारदेखि खुला गर्ने निर्णय गरेको हो । यस अघि लगाइएको असार मसान्तसम्मको निषेधाज्ञाको समय सकिन लागेकाले जनजीवन सामान्य बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेर निषेधाज्ञा खुला गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयाे । 
सङ्क्रमण देखिएका स्थानीय तहमा सोही स्थानीय तहले निषेधाज्ञा लगाउन सक्नेछन् । यस्तै भारत सङ्ग सीमा जोडिएका झोलुङ्गे पुल स्थानीय तहले एन्टिजेन परीक्षण गर्ने प्रतिबद्धता गरे मात्र खोल्न सकिने प्रजिअ जोशीले बताउनु भयाे ।
जिल्लामा निषेधाज्ञा खुला भए पनि सङ्क्रमित कायमै रहेकाले थप जोखिम बढ्न सक्ने देखिएको छ । जिल्लामा हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२ रहेको छ