२ हजार ३ सय ९८ कोरोना संक्रमित पुष्टि, थप १२ को मृत्यु

३ बर्ष अघि

२0७८ असार २९ मंगलवार

२ हजार ३ सय ९८ कोरोना संक्रमित पुष्टि, थप १२ को मृत्यु

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६ सय ३९ र ३ हजार ९ सय ५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय ५९ जना गरी जम्मा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।