विश्वमा एकैदिन ३ लाख ४७ हजारले जिते कोरोना

३ बर्ष अघि

२0७८ असार २७ आईतवार

विश्वमा एकैदिन ३ लाख ४७ हजारले जिते कोरोना

काठमाडौँ । विश्वमा एकैदिन ३ लाख ४७ हजार ५५ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । यससँगै विश्वमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ करोड १२ लाख २४ हजार ५३० पुगेको छ। हालसम्म कोरोना संक्रमितको संख्या १८ करोड ७२ लाख ४१ हजार ६५१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांक छ। गत २४ घण्टाको अवधिमा निको हुने संक्रमित सबैभन्दा धेरै ब्राजिलका ५१ हजार ९२ जना छन्। यस्तै भारतमा ४१ हजार ५९५ जनाले कोरोना जितेका छन् । योसँगै भारमा संक्रमण मुक्त हुनेको संख्या २ करोड ९९ लाख ६७ हजार ४७८ पुगेको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्‍या ३ करोड ८३ लाख ६ हजार २३१ पुगेको छ । यसैगरी कोरोनाले हालसम्म भारतमा ४ लाख ८ हजार ७२ जनाले ज्यान गुमाएका छन् ।