एक हजार ५२ संक्रमितले कोरोना जिते, २७ जना सक्रिय संक्रमित

३ बर्ष अघि

२0७८ असार २७ आईतवार

एक हजार ५२ संक्रमितले कोरोना जिते, २७ जना सक्रिय संक्रमित

दार्चुला । दार्चुला जिल्लामा अहिलेसम्म ४ हजार ८ सय ७८ जनाको कोरोना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेमा महाकाली नगरपालिकाका २ सय ३३ जना, शैल्यशिखर नगरपालिकामा १ सय २६ जनामा, अपिहिमाल गाउँपालिकाका २ सय ७ जना, व्यास गाउँपालिकाका १ सय ८, दुहुँ गाउँपालिकामा ९८, मार्मा गाउँपालिकामा ८४, नौगाड गाउँपालिकामा ९२, मालिकार्जुन गाउँपालिकामा ६८ र लेकम गाउँपालिकामा ७४ जना रहेका छन् । शनिबार मात्रै महाकाली नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको छ । भने सात जनाले कोरोना जितेका छन् । अहिलेसम्म दार्चुला जिल्लाभरी एक हजार ५२ जनाले कोरोना जितेका छन् । भने २७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संक्रमणको कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङक छ ।