दार्चुलामा भेरोसेल खोपको दोस्रो मात्रा २५ र २६ गते लगाइने

३ बर्ष अघि

२0७८ असार २१ सोमबार

दार्चुलामा भेरोसेल खोपको दोस्रो मात्रा २५ र २६ गते लगाइने

दार्चुलामा भेरोसेल खोपको दोस्रो मात्रा यहि असार २५ र २६ गते लगाउने तयारी गरिएको छ । सोमबार जिल्ला कोभिड १९ खोप अनुगमन तथा समन्वय समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीको अध्यक्षतामा बसेको बैठकले यहि असार २५ र २६ गते जिल्लामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो  । जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका विभिन्न स्थानमा खोप केन्द्र राखेर भेरोसेल खोपको दोस्रो मात्रा लागाउने तयारी गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टले बताउनु भयो । गत जेठ २७ र २८ गते सम्म सुरु गरिएको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउने तयारी भएको उहाँले बताउनु भयो । दार्चुलामा भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको संख्या १४ सय ९५ रहेको छ । जिल्लामा ५५ वर्ष माथि उमेर समूहका व्यक्ति, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संञ्चारकर्मी कर्मचारीलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइएको थियो । अहिले दोस्रो मात्रा पनि यि व्यतिmहरुलाई लगाइने खोप सुपर भाइजर भट्टले जानकारी दिनु भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका आठ वटा स्थानीय तहका २० वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको पहिलो खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय दार्चुलाले पहिलो चराणमा लगाएका खोपहरुको अनुपात हेरेर खोप माग गरेको जनाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि प्रदेश सरकाबाट १५सय भेरोसेल खोप दार्चुला पुगेको बताइएको छ । यस्तै बैठकले दार्चुला जिल्ला प्रदेश आपुर्ति व्यवस्थापन केन्द्र धनगढीबाट असार १९ गते भेरोसेल भ्याक्सिनलाई नेपाल सरकारले तोकेको प्राथमिकता बमोजिम व्यासँ गाउँपालिकामा रहेका ४० वर्ष देखि ५५वर्ष उमेर समुहका सम्पुर्ण तथा ५५ वर्ष माथिछुट भएका सबै नागरीकहरुलाई पहिलो मात्रा भेरोसेल खोप लगाउने निर्णय गरिएको खोप अनुगमन तथा समन्वय समिति दार्चुलाले जनाएको छ । व्यासँ गाउँपालिकामा रहेका सम्र्पुण खोप केन्द्रहरुबाट खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।