सधैको जोखिम घाँट बजार, करोडौँ लगानी नदि किनारमा (फोटो फिचर)

६ बर्ष अघि

२0७५ श्रावण २९ मंगलवार

सधैको जोखिम घाँट बजार, करोडौँ लगानी नदि किनारमा (फोटो फिचर)

कृष्ण धामी, साउन २९ दार्चुला । दार्चुलाको सदरमुकाम घाँटबजारमा सधैको जोखिम मोलेर करोडाँै लगानीमा ठूला भवनहरु बनेका छन् । दार्चुला जिल्ला भौगोलिक रुपमा निकै कठिन र हिमाली जिल्ला हो । बस्तीविस्तारको हिसाबले हेर्दा पनि दार्चुला जिल्ला निकै जोखिम युक्त अवस्थामा रहेको छ । तर दार्चुला जिल्ला भित्रको भू बनोट हेर्ने हो भने हिमाल, पहाड र तराईको भुगोल मिलेको छ । जिल्लाका व्याँस, र अपि गाउँपालिका हिमाली, दुँहुँ, मार्मा, नौगाड, पहाडी क्षेत्र र महाकाली, शैल्यशिखर नगरपालिका, लेकम र मालिकार्जुन गाउँपालिकाको भुगोल पहाड र तराईको बनोट रहेको छ ।


दार्चुला जिल्ला सदरमुकाम महाकाली नदीको तटिय क्षेत्रमा रहेको छ । २०७० सालमा खलंगा बजारमा महाकाली नदिमा आएको बाढीले कटान गरेपटि सय भन्दा बढी घरहरु बगाएको थियो भने खलंगाको बनावट नै परिवर्तन गरिदिएको छ । 
खलंगा बजारमा करोडौँको लागनी महाकाली नदिमै लगाए जस्तै ठूला विल्डीङहरु नदि किनारमै बनाईएका छन् । दार्चुला बजारको घाँटबजार क्षेत्रमा मुख्य गरी यो अवस्था रहेको छ । महाकाली नदि किनारैबाट पाँचतले घरहरु निर्माण गरिँदा जोखिमको स्थिति सधै रहेको छ । घर बनेका क्षेत्रमा कडा चट्टानी भाग रहेको छ । तब नदि कटान बाट बचेका छन् भने भुकम्पीय जोखिमका लागि ती घरहरु जोखिममै रहेका छन् । 
दार्चुला जिल्लालाई भुकम्पीय जोखिमको जिल्लाका रुपमा पनि विभिन्न अध्ययन अनुसन्धानले पनि देखाएको छ । यो स्थितिमा पनि जोखिम मोलेर मानिसहरुले सम्पत्ती खतरामा राखेका छन् । 
सीमा क्षेत्रको मुख्य बजार
नेपाल भारत सीमा क्षेत्र रहेको पुलघाँट बजार व्यापारिक दृष्टीकोणले मुख्य रहेकोले पनि यहाँका स्थानीयले यस क्षेत्रमा लगानी गरेर ठूला विल्डीङहरु बनाएका हुन् । घाँटबजारका नाममा रहेको खलंगा बजारमा होटेल र गारमेन्टस्का व्यापारीहरु बढी मात्रामा रहेका छन् । माँ मन्सा, पशरौल जस्ता सुविधायुक्त होटेलहरु पनि यसै क्षेत्रमा खुलेका छन् । 


नदि र भुकम्पीय जाेखिम बढी
घाँट बजार क्षेत्रमा बनेका घरहरुका जग नदि किनारमै जाडिएका छन् । नदिमा पानीको सतह बढेको दिन एक तल्लामा त पानी आउँछ । धेरै बेग र नदिले आफ्नो धार फेरेपछि पूर्ण घर नै जोखिममा रहेका छन् । त्यसबाहेक भुकम्पीय जोखिम झन ठूलो अवस्थामा रहेको छ । भुकम्प आईहालेमा पनि तत्काल भाग्न र सुरक्षित ठाउँसम्म पुग्न निकै समस्या रहेको छ । 

महाकाली नगरपालिका वडा नम्बर ४ ब‌ंङ्गाबगड बजार ।